८ असार २०८३, सोमबार | Mon Jun 22 2026

लिखु तामाकोशी गाउँपालिकाकाे अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

४ जेठ, हेटौंडा । रामेछापको लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार केशव महत निर्वाचित भएका छन् । महतले १ हजार ४ मतकाे अन्तरले नेकपा एमालेका उम्मेदवार कमलप्रसाद कडरियालाई पराजित गरेका हुन् ।

स्थानीय तहका निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार महतले ५ हजार ११२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कडरियाले ४ हजार ८ मत प्राप्त गरेका थिए ।

एमाले उम्मेदवार उपाध्यक्षमा दीपा पाख्रिन विजयी भएकी छन् । कांग्रेस उम्मेदवार सरस्वती गुरुङ खड्का पाख्रिनलाई पराजित गर्दै उनी निर्वाचित भएकी छन् । दीपाले ४ हजार १२६ मत प्राप्त गर्दा सरस्वतीले ३ हजार ९३३ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : May 18, 2022 at 3:56 pm