पश्चिम रुकुमको चौरजहारीमा माओवादी विजयी
४ जेठ, रुकुम पश्चिम । कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गर्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
आज बिहान सार्वजनिक सार्वजनिक भएके अन्तिम मत परिणाम अनुसार नगरप्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरी शर्मा ९विएम० विजयी भएका हुन् ।
नगरप्रमुखमा विजयी माओवादी केन्द्रका पुष्प वादी ६८८२ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमबहादुर वलीले ६३११ मत पाए । उनीहरुबीचको मत अन्तर ५७१ छ ।
यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकी इश्वरी शर्मा ९विएम० ७ हजार २ मत सहित विजयी भइन् । उनले नेकपा एमालेका उम्मेदवार टंक प्रसाद ओलीलाई १ हजार २५८ मतले पछि पारिन् । ओलीले ५७४४ मत पाए ।
प्रकाशित मिति : May 18, 2022 at 12:34 pm









