८ असार २०८३, सोमबार | Mon Jun 22 2026

महिनाै पछि खुल्यो संसद भवन, प्रतिनिधिसभाको बैठक सुरू

३ जेठ, काठमाडौं । प्रतिनिधिसभाको ११औँ अधिवेशनको पहिलो बैठक सुरू भएको छ । बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।

यसपछि एमालेको विरोध भएपछि सभामुख सापकोटाले एमालेका प्रदीप ज्ञवालीलाई बोल्न समय दिएका छन् । उनले अहिले आफ्नो धारणा राखिरहेका छन् ।

नवौँ र दशौँ अधिवेशनमा आफूहरूको विरोध रहेको र अहिले विरोधको स्वरुप परिवर्तन गरेको जानकारी दिएका उनले सरकार देश संकटमा पर्दा आफूहरू सचेत प्रतिपक्षीको भूमिका निभाउने बताए ।

प्रकाशित मिति : May 17, 2022 at 4:29 pm