बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कुँवर विजयी
३ जेठ, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कर्ण कुँवर विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार शेरबहादुर कठरियालाई पराजित गरेका हुन् ।
कुँवरले ५८४२ मत पाए । उपाध्यक्षमा एमालेकै गणेशराज गिरीले ४५६९ मत ल्याएर माओवादीकी इन्दु कठरियालाई पराजित गरे ।
प्रकाशित मिति : May 17, 2022 at 1:31 pm









