बागलुङको तमानखोला गाउँपालिकामा नेपाली कांग्रेस विजयी
१ जेठ, बागलुङ । बागलुङको तमानखोला गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट जोकलाल बुढा र उपाध्यक्षमा हिरा कुमारी छन्त्याल विजयी भएकी छिन ।
अध्यक्षमा विजयी भएका बुढाले २ हजार ७०७ मत ल्याएका छन । गाउँपालिकाको अध्यक्षमा विजयी बुढा यसअघि २०७४ को निर्वाचनमा पनि विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका उम्मेद्वार देवबहादुर पुनले एक हजार ९९५ मत प्राप्त गरेका छन ।
उपाध्यक्षमा विजयी छन्त्यालले दुई हजार ७१९ मत प्राप्त गरेकी छिन भने उनको निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी निसु रसाइलीले १ हजार ९५८ मत प्राप्त गरेकी छिन् ।
प्रकाशित मिति : May 15, 2022 at 1:35 pm









