प्रधानन्यायाधीशको नाम सिफारिस अाज, अख्तियार प्रमुखबारे पनि छलफल हुने
७ भदौ, काठमाडौँ । रिक्त प्रधानन्यायाधीश पदमा सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्ने भएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको छ ।
संसदीय सुनुवाइबाट यसअघि प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत भएपछि अर्काे नाम सिफारिसका निम्ति बैठक बस्न लागेको हो ।
सर्वोच्चमा प्रधानन्यायाधीशका लागि योग्यता पुगेका वरिष्ठ न्यायाधीशमा ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणा रहेका छन् । परिषद्ले यी दुईमध्ये एक नाम सिफारिस गर्नेछ । बैठकले अख्तियार दुरूपयोग अनुसन्धान अायोगको प्रमुख अायक्तको सिफारिस पनि गर्ने सम्भावना रहेको छ ।
प्रकाशित मिति : ७ भाद्र २०७५, बिहीबार १०:३०