१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

डोल्पा कारागारबाट सुरूङ खनेर भागेका दुई कैदी रूकुम पश्चिमबाट पक्राउ

१७ कात्तिक, काठमाडौं । जिल्लाका कारागार डोल्पाबाट सुरूङ खनेर भागेका आठ जना कैदी बन्दीहरू मध्ये दुई जना मंगलबार पक्राउ परेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता एसएसपी सन्तोससिंह राठौरका अनुसार मंगलबार बिहान साढे १० बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट दुई जना फरार कैदी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् । पक्राउ परेका दुबै जना जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरिरहेकाहरू थिए।

प्रकाशित मिति : November 3, 2026 at 1:32 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/