जागिरकाे खाेजीमा हुनुहुन्छ ? सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर
९ मंसिर, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले मार्केटिङ विभाग तथा देशभरका शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो। कम्पनीले मार्केटिङ विभागका लागि म्यानेजर, डेपुटी म्यानेजर र असिस्टेन्ट म्यानेजर पदमा कर्मचारी माग गरेको छ।
यी पदका लागि बैंकिङ तथा बीमा, मार्केटिङ, अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै जनरल इन्स्योरेन्स क्षेत्रमा कम्तीमा ८ देखि १२ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन्। त्यस्तै,कम्पनीले सिनियर अफिसर, अफिसर र जुनियर अफिसर पदमा पनि कर्मचारी माग गरेको छ। यी पदका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको र जनरल इन्स्योरेन्स क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ।
यसैगरी सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदका लागि पनि आवेदन माग गरिएको छ। यी पदका लागि बैंकिङ तथा बीमा, मार्केटिङ, अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको र जनरल इन्स्योरेन्स क्षेत्रमा २ देखि ४ वर्षको अनुभव भएको हुनुपर्नेछ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : November 25, 2026 at 12:24 pm













