८ असार २०८३, सोमबार | Mon Jun 22 2026

खोटाङको केपिलासगढी-१ मा वडाध्यक्ष कांग्रेस र सदस्य एमालेबाट विजयी

३१ वैशाख, खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका-१ फेदीमा कांग्रेसका निरकुमार राई वडाध्यक्षमा निर्वाचित भएका छन् । ५०५ मतसहित राई वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

एमालेका वडाध्यक्षका उम्मेदवार वीरबहादुर तामाङले ४८२ मत र माओवादी केन्द्रका लक्ष्मण राईले १४९ मत पाएको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए । वडासदस्यमा भने सबै एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

प्रकाशित मिति : May 14, 2022 at 11:43 pm