१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

प्रधानन्यायाधीशलाई घुस खुवाएको कांग्रेसले बागी उम्मेदवारी फिर्ता लिन पूर्व प्रधानन्यायधीश लगायो

१५ वैशाख, चितवन । नेकपा एमालेको सरकार अपदस्थ गरेर सीधै प्रधानमन्त्रीको नियुक्त गरिदिए वापत प्रधानन्याधीश चोलेन्द्रशम्शेर राणालाई मन्त्री पद घुस खुवाएको नेपाली कांग्रेसले भरतपुर महानगरपालिकामा पूर्व सांसद जगन्नाथ पौडेलले दिएको बागी उम्मेदवारी फिर्ता गराउन पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको समेत प्रयोग गरेको छ । नेविसंघका समेत पूर्वउपसभापति रहेका पूर्व प्रधानन्यायाधीश पराजुलीले पूर्व संसद पौडेललाइ उम्मेदवारी फिर्ता लिएर पार्टीलाइ सहयोग गर्न अनुरोध गरेको कांग्रेस स्रोतले जनाएको छ ।

यता पौडेलले गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलगायतका नेताको कुनै पनि प्रस्ताव स्वीकार नगरी आफूले दिएको उम्मेदवारी पनि फिर्ता नलिने बताएका छन् । आज बिहान गृहमन्त्री खाँणलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पौडेलले उम्मेदवारी फिर्ता नहुने ठाउँमा पुगिसकेको जवाफ आफूले दिएको जानकारी दिए ।

उनले भने, ‘नोमिनेसन फिर्ता गर्दिनुस् भनेर गृहमन्त्रीज्यूले भन्नुभो । मचाहिँ फिर्ता नहुने ठाउँमा पुगिसकेको छु ।’ उनले भने, ‘यो चितवनका साथीहरुको मान मर्यादा, प्रतिष्ठा, उहाँहरुको भविष्यसँग जोडिएको कुरा हो । यो मैले एक्लै निर्णय गर्ने विषय होइन । त्यसो भएको हुनाले मलाई गाह्रो छ । यो गर्न म सम्भव देख्दिनँ ।’

गृहमन्त्री खाँणले फेरि छलफल गर्ने प्रस्ताव राखेको र आफूले हुन्छ भनेको जानकारी पनि उनले दिए । गठबन्धनको तर्फबाट भरतपुरमा रेनु दाहालले मेयरमा उम्मेदवारी दिएपछि भरतपुरमा अधिकांश काँग्रेसका नेता कार्यकर्ता रुष्ट छन् । केन्द्रीय नेताहरुले बागी उम्मेदवारी दिएका पौडेललाई व्यक्तिगत भेटेर या फोनमार्फत विभिन्न आश्वासन दिँदै उम्मेदवारी फिर्ता लिन दवाव दिइरहेका छन् ।

प्रकाशित मिति : April 28, 2022 at 1:52 pm