सानिमा बैंकको विद्युतीय भुक्तानी अस्थायी रूपमा बन्द रहने
१० मंसिर, काठमाडौं । सानिमा बैंक लिमिटेडको विद्युतीय भुक्तानी (डिजिटल बैंकिङ) सम्बन्धी सेवाहरू शुक्रबार राति करिब २ घण्टाका लागि अस्थायी रूपमा बन्द रहने भएको छ ।
बैंकले एक सूचना जारी गर्दै योजनाबद्ध प्राविधिक स्तरवृद्धि (सिस्टम अपग्रेड) तथा मर्मत प्रयोजनका लागि सेवा प्रभावित हुने जानकारी दिएको हो ।
सूचना अनुसार मंसिर ११ गते शुक्रबार राति ११ः४५ बजेदेखि मंसिर १२ गते शनिबार बिहान ३ः४५ बजेसम्मको समयावधिभित्र विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरू करिब २ घण्टा अवरुद्ध हुनेछन् । सिस्टम मर्मतका क्रममा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति बैंकले क्षमाप्रार्थी रहेको जनाएको छ ।

प्रकाशित मिति : November 26, 2026 at 5:52 pm














