बीमा प्राधिकरणमा प्रवेश गर्न अब आगन्तुक पास अनिवार्य
१० मंसिर, काठमाडौं । नेपाल बीमा प्राधिकरणले कार्यालयमा आउने सेवाग्राही तथा आगन्तुकका लागि प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ।
प्राधिकरणले एक सूचना जारी गर्दै ललितपुरको कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा प्रवेश गर्नुअघि आफ्नो परिचय खुल्ने आधिकारिक कागजात देखाएर अनिवार्य रूपमा आगन्तुक पास लिनुपर्ने व्यवस्था गरेको जनाएको छ।
कार्यालयमा कामको सिलसिलामा आउने सेवाग्राही तथा अन्य आगन्तुकले कार्यालय परिसरमा प्रवेश गर्नुअघि आफ्नो परिचय खुल्ने आधिकारिक कागजात देखाउनुपर्नेछ। त्यसपछि मात्र आगन्तुक पास लिएर कार्यालय प्रवेश गर्न पाइने प्राधिकरणले स्पष्ट पारेको छ।
कार्यालयको व्यवस्थापन तथा सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाउन यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले नयाँ व्यवस्थाबारे सम्बन्धित सबै सेवाग्राही तथा आगन्तुकलाई जानकारी राख्न र नियम पालना गर्न अनुरोध गरेको छ।
प्रकाशित मिति : November 26, 2026 at 5:07 pm














