१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नुवाकोटका पुष्पराम केसी नियुक्त

३० चैत, काठमाडाैँ । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नुवाकोटका पुष्पराम केसीलाई नियुक्त गरेको छ । चैत २८ बाट महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाएपछि रिक्त पदमा केसी नियुक्त भएका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठ एआईजी केसीलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । खनालको अवकाशपछि निमित्त महानिरीक्षक पनि केसी नै भएका थिए । प्रतिस्पर्धामा नुवाकोटकै रामशरण पाैडेल रहे पनि उनले महानिरीक्षकका लागि राजनीतिक दाैड गरेनन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार १२:२३