कांग्रेसको नयाँ सर्कुलरः तत्काल उम्मेदवारको टुंगो नलगाउ
२२ चैत, काठमाडौँ । नेपाली कांग्रेसले मातहतका कमिटीलाई नयाँ सर्कुलर पाठउँदै तत्काल कुनै पनि उम्मेदवारको टुंगो नलगाउन अनुरोध गरेको छ । भारतीय जनता पार्टी भाजपासँग दलगत सम्बन्ध विस्तार गरेर नेपालको पाँच दलीय परमादेशवाला गठबन्धन निरन्तरताका लागि शुभकामना लिएर फर्किएका प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मतहतका कमिटीलाई तत्कालन उम्मेदवारको अन्तिम टुंगो नलगाउन निर्देशनसहितको परिपत्र गरेका हुन ।
यसअघि कांग्रेसले गठबन्धनलाई ख्यालख्यालका रूपमा लिएको भए पनि भाजपाको समेत आशिर्वाद लिएपछि कांग्रेस थप उत्साहित भएर वडा तहसम्म नै गठबन्धनको बैठक गरेर भागवण्डा गरी चुनाव लड्ने तयारीमा लागेको छ । प्रचण्डले कुनै पनि समय गठबन्धन छाड्ने भयले कतिपय कांग्रेस नेताहरूले भने एमालेसँग मिल्न नजाओस् भनेर योजनावद्धढंगले गठबन्धनको बिरोध गर्दै गठबन्धन भित्रकै दलका नेताहरूको विरूद्धमा टीकटिप्पणी समेत गरिरहेका छन ।
सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलको तयारी अझै कसिलोसँग अघि बढाउनुपर्ने भएपछि कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको हो । केन्द्रीय समितिले यसअघि त्यस्ता उम्मेदवारको नाम सिफारिस गर्न र यथासक्य उम्मेदवारको टुंगो लगाउन सर्कुलर गरेको थियो । तर, सत्तारुढ दलहरूसँग गठबन्धन गर्नै पर्ने बाध्यता बढेपछि तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरिएको हो ।
स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ गते उम्मेदवारको मनोनयन गर्ने मिति तोकेको छ । केन्द्रले टेलिफोनमा तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको बागमती प्रदेशका एक जिल्ला सभापतिले दैनिकीलाइ जानकारी दिए ।
प्रकाशित मिति : April 5, 2022 at 2:32 pm









