५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

१९ चैत, काठमाडौं । नेपाली टोलीका मध्यक्रम ब्याटर रोहितकुमार पौडेलले त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन् । ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो पहिलो अर्धशतक हो । त्रिवि त्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालबाट तेस्रो नम्बरमा ब्याटिङमा आएका रोहितले ३२ बलमा पाँच चौकासहित ५० रन पूरा गरे ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार १४:००