२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

साउथ अष्ट्रेलियका नेपाली व्यवसायिक संस्थाहरूबीच क्रिकेट हुने, खेल तालिका सार्वजनिक


११ चैत, एडिलेड । एडिलेड नेप्लिज क्रिकेट एशोसिसन(एन्का) को आयोजना र एनआरएनए साउथ अष्ट्रेलियाको सहयोगमा साउथ अष्ट्रेलियामा रहेका नेपाली व्यवसायी संस्थाहरुको क्रिकेट प्रतियोगिता `एन्का सिक्स ए साइड टुनामेन्ट´ यहि मार्च २७ आइतवार हुने भएछ ।

एन्का अध्यक्ष विजय जोशीका अनुसार प्रतियोगितामा १२ टिम सहभागी हुने भएका छन् । प्रतियोगितामा १२ टिमलाई चार समुहमा विभाजन गरिएको र समुह भित्र प्रत्येक टिमले दुई खेल खेल्ने छन् । जसमा समुहमा प्रथम हुने चार टिम कप च्याम्पियनसिपका लागि खेल्ने र दोस्रा हुने चार टिम प्लेट च्याम्पियनसिपका लागि खेल्ने अध्यक्ष जोशीले बताउनु भयो । उहाले कप च्याम्पियनसिप र प्लेट च्याम्पियनसिप गरि दुईबटा फाइनल हुने बताउनु भयो ।

खेल तालिका सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा साथमा एन्का अध्यक्ष विजय जोशी ।

सहभागी टिमहरुमा नमस्ते सुपरमार्केट, एक्सपट एजुकेशन एण्ड भिषा सर्भिसेज एडिलेड, भिएक्सएल एजुकेशन एण्ड माइग्रेसन, मल्टिडाइनामिक एसए, ग्रेस इन्टरनेशनल एडिलेड, ई-प्लानेट एडिलेड, गोल्बल इन्टरनेशनल, कुवर फाइनान्स, माभेन कन्सल्टिङ ग्रुप एडिलेड, सेज प्यासिफिक, एएमए प्रोफेसनल सर्भिसेज, नेपकम्स सर्भिसेज एडिलेड रहेका छन् ।

यसैगरि महिलाहरुको खेलमा एन्का सनसाइन र एनआरएनएको महिला टिम विच तथा बालबालिकाहरुको खेलमा एन्का जेम्सको रातो र निलो समुह विच प्रतिस्पर्धा हुने भएको छ । खेल प्रतिस्पर्धा मात्र नभएर धेरै भन्दा धेरै मनोरञ्जनका लागि आयोजना गरिएको जोशीले बताउनु भयो । खेल अवधिमा नेपाली गित संगित सहित खानाका स्टलहरु पनि रहने जनाईएको छ ।

कप च्याम्पियनसिपका लागि हुने प्रतिस्पर्धामा विजयीलाई एक हजार अष्ट्रेलियन डलर सहित कप, गोल्ड मेडल रहेको र प्रतियोगितामा उपविजेतालाई पाच सय अष्ट्रेलियन डलर, कप तथा सिल्भर मेडल रहेको छ । भने प्लेट च्याम्पियनसिपका लागि हुने प्रतिस्पर्धामा विजयीलाई गोल्ड मेडल र प्लेट तथा उप विजेतालाई सिल्भर मेडल र प्लेट रहेको छ । भने दर्शकहरुलाई फाइनल तथा सेमी फाइनल खेलहरुमा बाहिर आएको बल क्याच गरेमा प्रत्येक वलको अष्ट्रेलियन डलर विस पाउने समेत वताईएको छ ।

खेल तालिका सार्वजनिक कार्यक्रममा सहभागीहरू ।

आइतवार बिहान ८ बजे बाट बेलुकी ६ बजे सम्म एडिलेडको स्थानिय भिक्टोरिया पार्क ओवलका तिन खेल मैदानमा हुने प्रतियोगिताका लागि बिहिबार एक कार्यक्रम विच खेल तालिका सार्वजनिक गरिएको थियो । कार्यक्रममा एन्का अध्यक्ष विजय जोशी र एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाले प्रतियोगिताको विविध पक्षमा धारणा राख्नु भएको थियो । सार्वजनिक गरिए अनुसार समुह ए मा गोल्बल इन्टरनेशनल, भिएक्सएल एजुकेशन एण्ड माइग्रेसन, रेस इन्टरनेशनल एडिलेड

समुह बि मा माभेन कन्सल्टिङ ग्रुप एडिलेड, सेज प्यासिफिक र एक्सपट एजुकेशन एण्ड भिषा सर्भिसेज एडिलेड, समुह सि मा नेपकम्स सर्भिसेज एडिलेड, नमस्ते सुपरमार्केट र ई-प्लानेट एडिलेड, समुह डी मा कुवर फाइनान्स, मल्टिडाइनामिक एसए र एएमए प्रोफेसनल सर्भिसेज रहेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार १९:००