२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

यु-१८ महिला साफ: नेपालको लगातार तेस्रो हार


७ चैत, काठमाडाैँ । यु-१८ महिला साफ च्याम्पियनसिपमा नेपाल घरेलु टोली भारतसंग ५–१ अन्तरले पराजित भएको छ । भारतको जम्सेदपुरमा सम्पन्न खेलको १६औं मिनेटमा हेमाम सिल्की देवीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएकी थिइन् । २३औं मिनेटमा लिन्डा कोमले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारिन् । यस्तै, ३८ मिनेटमा कोमले नै गोल गर्दै भारतलाई तेस्रो अग्रता दिलाइन् ।

५६औं मिनेटमा भारतकी अनिता कुमारीले चौथो गोल गरिन् । खेलको ६२औं मिनेटमा कोमले ह्याट्रिक गर्दै घरेलु टोलीलाई ५–० को अग्रता दिलाएकी थिइन् । नेपालकी सन्दीपा भोलनले ७९औं मिनेटमा एक गोल फर्काएकी थिइन् ।

यसअघि भएको पहिलो खेलमा नेपाल भारतसँगै ७–० ले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको नेपाल प्रतियोगितामा अंकविहिन छ । प्रतियोगितामा तीन खेलबाट नौ अंक जोडेको भारत तालिकाको शीर्ष स्थानमा छ भने दुई खेलबाट तीन अंक जोडेको बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । डबल राउन्ड रोविन लिग पद्दतीमा चलिरहेको च्याम्पियनसिपमा सर्वाधिक अंक जोड्नेले प्रतियोगिताको उपाधि जित्ने छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार २२:२१