२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

अर्घाखाँचीमा सम्पन्न तेस्रो उपमेयर कप क्रिकेटको उपाधि अर्घालाई


७ चैत, अर्घाखाँची । अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा जारी तेस्राे उपमेयर कप क्रिकेटमा सनपा ९ अर्घा विजयी भएकाे छ । आज भएकाे फाईनल खेलमा सनपा ८ किमडाँडालाई ३ विकेटले पराजित गर्दै अर्घाले उपाधी हात पारेकाे हाे ।

टस जितेर पहिले फिल्डिङ राेजेकाे अर्घाले अन्तिम ओभरसम्म खेल्दै सात विकेटकाे क्षतिमा जित निकाल्न सफल भएकाे हाे । किमडाडाँले ९९ रन बनाएपछि १०० रनकाे लक्षयसहित मैदान उत्रिएकाे अर्घाले अन्तिम ओभरमा लक्ष्य पुरा गरेकाे थियाे । सन्धिखर्क नगरपालिकाकाे आयाेजना र अर्घाखाँची कृकेट संघकाे व्यवस्थापनमा सम्पन्न खेलकाे केही दिन अघि नगरप्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १८:३६