२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

श्रमिक महिला दिवसमा महिला बक्सिङ (फोटो फिचर)


२४ फागुन, काठमाडाैँ । अन्तर्राष्‍ट्रिय ‘११२ औँ श्रमिक महिला दिवस’ को अवसरमा ठमेलस्थित एलओडी क्लबमा ‘महिला बक्सिङ’ आयोजना भएको छ । एलओडी क्लब, बक्समान्डु जीम र कान्तिपुर टेलिभिजनको संयुक्त आयोजनामा मंगलबार एलओडीमा बक्सिङ खेल भएको हो ।

४९ केजी देखि ६० केजी समूहका महिला खेलाडीहरू सहभागी हुने भएका हुन् । प्रतिष्‍ठा अर्याल, माया गुरुङ, सुस्मा तामाङ, माला राई, अस्मिता दुवा, ललिता महर्जन, मिनु गुरुङ, निशा तामाङ, हेमा राई, सुस्मिता राई, डेचेन पाङकर्मा शेर्पा, नरीका राई, संगीता सुनुवार र पुनम रावल बक्सिङमा सहभागी छन् ।

नारी सशक्तिकरणका लागि महिलाहरू पनि सक्षम रहेको सन्देश दिन बक्सिङ आयोजना गरिएको एलओडीका निर्देशक भुपेन शमशेर कुँवेरले बताए । महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन यस्ता कार्यक्रमले थप बल पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार १९:२५