२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

ला लिगामा रियललाई ९ अंकको अग्रता


१५ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकाल्दै नौ अंकको अग्रता बनाएको छ । शनिबार राति भएकाे खेलमा शीर्ष स्थानको रियलले जित निकालेकाे हाे ।

कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा रियलले रायो भालेकानोलाई १-० गोल अन्तरले हरायो । बेन्जेमाले खेलको ८३औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै रियलले २६ खेलमा ६० अंक जोडेको छ । रायो भालेकानो ३१ अंक जोडेर १२ औं स्थानमा छ । दोस्रो स्थानको सेभिल्लाको २५ खेलबाट ५१ अंक छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आईतवार ०८:०९