२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

वडाअध्यक्ष स्मृतिकपमा अर्घाखाँची बुलेटिनकाे टिम फाइनल प्रवेश


-हरिप्रसाद भुसाल

१५ फागुन, अर्घाखाँची । सन्धिखर्क नगरपालिका-८ किमडाँडामा जारी वडाअध्यक्ष स्मृतिकप भलिबल प्रतियोगितामा अर्घाखाँची बुलेटिनको टिम फाइनल प्रवेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको बि टिमलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको प्रगतिशील धारापानीलाई दुई एकले पराजित गर्दै अर्घाखाँची बुलेटिन फाइनल प्रवेश गरेको हो ।

यसअघि भएको पहिलो खेलमा असुरकोटले आयोजक विलाई सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा ढाकावाङ्ग भलिबल क्लबलाई पराजित गर्दै प्रहरी ए सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगितामा आजको पहिलो खेल प्रहरी ए र असुरकोटबीच सम्पन्न हुनेछ । साेही खेलमा विजेता बन्ने टोली उपाधिका लागि अर्घाखाँची बुलेटिनसँग प्रतिस्पर्धा गर्नेछ ।

काेभिड संक्रमणका कारण ज्यान गुमाएका वडाध्यक्ष ईश्वरिप्रसाद भुसालकाे स्मृतिमा आयाेजना गरिएकाे प्रतियाेगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतिय हुनेले २० हजार प्राप्त गर्नेछन् । वडा नं ८ काे आयाेजनामा जारी प्रतियोगिताको लुम्बिनी प्रदेशका पूर्वमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आईतवार ०८:०८