२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

सुखद अन्त्यको लक्ष्यमा बीबीसी


१३ फागुन, काठमाडाैँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार) दुई खेलहरू हुँदैछन् । चारै टोलीले यस सिजनको अन्तिम खेल खेल्दैछन । दुवै खेल दिउँसो १ बजे सुरु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दुबै टोली सुखद अन्त्य गर्न चाहन्छन् । जावलाखेल १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ । संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले थ्री स्टार क्लबको सामना गर्नेछ ।

बीबीसी भने थ्री स्टारमाथि जितसहित शीर्ष डिभिजनमा आफ्नो अन्तिम खेल यादगार बनाउन चाहन्छ । क्लब यसअघि नै दोस्रो डिभिजनमा घटुवा भइसकेको छ । बीबीसी १२ खेलमा सात अंक जोडेर १३ औं स्थानमा रहेको छ । थ्री स्टार १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार ११:०८