२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

सहिद स्मारक ’ए’ डिभिजन लिगः हिमालयन शेर्पा र फ्रेन्ड्सले बराबरी खेल्दै अंक बाडेँ


१२ फागुन, काठमाडाैँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा हिमालयन र फ्रेन्ड्सले १–१ गोलको बराबरी खेलेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने फ्रेन्ड्सले बनाएको थियो । खेलको ७३ औं मिनेटमा हिमालयनका दिवस उराउले आत्मघाती गोल गरेपछि फ्रेन्ड्सले १–० गोलको अग्रता बनाएका थियो ।

रोनिल एन्थोनी पाउलको फ्रि–किक हेडर मार्फत क्लियर गर्न खोज्दा दिवसले आफ्नै पोस्टमा गोल गरेका थिए । तर, खेलको ८९ औं मिनेटमा विशन गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै हिमालयन र फ्रेन्ड्सले लिगको अन्त्य गरेको छ । हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ । फ्रेन्ड्सले १३ खेलमा ११ अंक जोडेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १६:१८