५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

माने र सलाह चम्किदा लिभरपुलको आधा दर्जन गोल


१२ फागुन, काठमाडाैँ । अट्याकर द्वय साडियो माने र मोहम्मद सलाह चम्किएको खेलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडलाई आधा दर्जन गोल गरेको छ ।

लिभरपुल घरेलु मैदान एनफिल्डमा भएको खेलमा दुबै हाफमा ३-३ गोल हुँदा लिभरपुलले ६-० अन्तरको सहज जित निकाल्यो । लिभरपुलको जितमा माने र सलाहले दुई दुई गोल गर्दा जोएल माटिप र भान डाइकले एक एक गोल गरे ।

जितसंगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी तीन अंकमा झारेको छ । लिभरपुल २६ खेलबाट ६० अंक जोड्दै दोस्रो स्थानमा छ । पराजित लिड्स २५ खेलबाट २३ अंक सहित १५औं स्थानमा छ । सिटी भने २६ खेलबाट ६३ अंक सहित शीर्षस्थानमा छ ।

बुधबार राति भएको अन्य खेलमा क्रिस्टल प्यालेसले वाट्फोर्डलाई ४-१ अन्तरले पराजित गर्दा वर्नलीले टोटनहमलाई १-० अन्तरले पराजित गर्यो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार ०८:४९