५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेपाल युएईसँग ६८ रनले पराजित, विश्वकपमा पुग्ने नेपालकाे सपना अधुरै


१० फागुन, काठमाडौँ । टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोट खेलबाट नेपाल बाहिरिएको छ । मंगलबार भएको सेमी फाइलनमा खेलमा यूएईसँग नेपाल ६८ रनले पराजित हुँदै छनोट खेलमा पराजित भएको हो ।

१७६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ४ बलमा अलआउट भएर १ सय ७ रन मात्रै जोड्न सक्यो । नेपालकोतर्फबाट ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरी ३८, ज्ञानेन्द्र मल्ल २०, आरिफ शेख ११, कुशल भूर्तेल ७ तथा आसिफ शेख र लोकेश बम शून्य रनमा आउट भएका थिए ।

यसअघि यूएईका लागि १७५ रनको सम्मानजनक योगफल तयार पार्नेक्रममा मोहमद वासीमले ७० र व्रित्या अरविन्दले ४६ रनको आक्रामक पारी खेले ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १९:०८