५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विश्वकप पुग्न नेपालले पायाे १७६ रनको लक्ष्य


१० फागुन, काठमाडौँ । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसामु १७६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रनको योगफल खडा गर्‍यो ।

युएईका ओपनर मुहम्मद वसिमले सर्वाधिक ७० रन बनाए । उनले ४८ बलमा समान चार चौका र छक्का प्रहार गरे । यस्तै, भ्रित्या अरविन्दले ४६, मुहम्मद वसिमले १७ र जोडे ।

नेपालका अविनास बोहरा र जितेन्द्र मुखियाले समान तीन विकेट लिए । चार ओभर बलिङ गरेका अविनासले ४६ रन खर्चिदा मुखियाले ३ ओभरमा ३५ रन खर्चिए । यसबाहेक, कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारे ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १७:३५