२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

एलपीएलमा एभरेस्ट र गुरुकुल विजयी


३ फागुन, धनगढी । कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु-१९ टि-ट्वान्टी क्रिकेट प्रतियोगिता एलपीएल-६ को दोस्रो दिन एभरेस्ट एकेडेमी अत्तरिया र गुरुकुल इंगलिश स्कुल लम्की विजयी भएका छन् । मंगलबार भएको पहिलो खेलमा एभरेस्ट एकेडेमी अत्तरियाले होलिल्याण्ड इंगलिश स्कुल अत्तरियालाई ९ विकेटले पराजित गरेको छ ।

मंगलबार भएको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको होलिल्याण्ड स्कुल ६२ रनमै समेटिन पुगेको थियो । न्यून स्कोरमा समेटिएको होलिल्याण्ड १०औं ओभरको अन्तिम बलमा अलआउट भएको थियो । होलिल्याण्डका सन्दीप औजीले १६ तथा अभिषेक पालले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो संकसमेत बटुल्न नसक्दा टिम सस्तैमा रोकिएको थियो ।

होलिल्याण्डलाई सस्तैमा समेट्ने क्रममा एभरेस्ट एकेडेमीका लागि लेग स्पिनर कृश ऐले सर्वाधिक ५ विकेट लिए । १ मेडन ओभरसहित ३ ओभर बलिङ गरेका उनले ११ रन मात्र खर्चिएर महत्वपूर्ण ५ विकेट हातपारेका हुन् । यस्तै गोविन्द बिस्टले दुई तथा दीपक रोकायाले एक विकेट लिए ।

६३ रनको लक्ष्य पच्छ्याएको एभरेस्टले ७ ओभर ५ बल खेल्दै १ विकेटको क्षतिमा सहज जीत हात पारेको हो । एभरेस्टको ब्याटिङमा २८ बलको सामना गरेका योगेश भाटले ३ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ४२ रन जोडे । उसका सन्दीप बिस्टले १२ रन बनाए । खेलको प्लेयर अफ द म्याचएभरेस्ट एकेडेमीका कृश ऐर घोषित भए । उनले दुई हजार रुपैयाँ प्राप्त गरे ।

मंगलबार नै सम्पन्न अर्को खेलमा स्टेपिङ स्टोन स्कुललाई पराजित गर्दै गुरुकुल इंगलिश स्कुल लम्की विजयी भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको गुरुकुल स्कुलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । उसका लागि नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीका खेलाडी समेत रहेका शिर अहमदले सर्वाधिक ४१ रन बनाए यस्तै य–१९ राष्ट्रिय टिमका कप्तान समेत रहेका देव खनालले ३९ र विशालविक्रम केसीले ३७ रन बनाए ।

दिनेश अधिकारीले १६ र कृश कार्कीले १५ रन योगदानदिए । स्टेपिंग स्टोनका लागि बलर सागर भण्डारीले दुई तथा अभिषेक कुँवर, वीरेन्द्र चन्द र दिनेश ओडले समान एक विकेट लिएका थिए । गुरुकुलले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको स्टेपिंग स्टोन स्कुलले भने १५ ओभर ५ बलमा आउट हुँदै ५६ रन मात्रै बनाउन सक्यो । स्टेपिंग स्टोनको लागि अभिषेक कुँवरले सर्वाधिक ११ रन बनाए । गुरुकुलका बलर समीर रानाले तीन विकेट लिए भने बसिर अहमद र विशाल केसीले समानदुई विकेट लिए ।

खेलको प्लेयर अफ द म्याचबशिर अहमद घोषित भए । जसले दुई हजार रुपैयाँप्राप्त गरे । प्रतियोगिताअन्तर्गत बुधवार पनि दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेल सैनिक आवासीय महाविद्यालय तेघरी र एभरेस्ट एकेडेमीबीच हुने छ, भने दोस्रो खेल सत्यवती एकेडेमी र विद्या भूषण पब्लिक स्कुल धनगढी बिच हुने छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार १८:३७

https://srdb.com.np/