२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

पारा खेलाडीलाई प्रमाण पत्र


२ फागुन, काठमाडौं । सात पारा तेक्वान्दो खेलाडीलाई कुकिवनबाट प्राप्त डानको प्रमाण पत्र सोमबार प्रदान गरिएको छ । चार खेलाडीलाई दोस्रो डान तथा ३ खेलाडीलाई पहिलो डानको प्रमाण पत्र प्रदान गरियो ।

दोस्रो डानको प्रमाण पत्र पाउनेमा पारा ओलम्पियन पलेसा गोवर्द्धन, रञ्जना धामी, रामबहादुर अधिकारी र दीपेश महत रहेका छन् । पहिलो डानको प्रमाण पत्र पाउनेमा विशाल गर्बुजा, लोकराज शाही र सिर्जना घिसिङ छन् । अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले खेलाडीलाई प्रमाण पत्र प्रदान गर्दै पदोन्नती भएको बधाई दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १८:३९

https://srdb.com.np/