२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

आयरल्यान्डले नेपाललाई दियो १२८ रनको विजयी लक्ष्य


२ फागुन, काठमाडौँ । चारदेशीय टी-२० क्रिकेट शृंखलाको अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई जितका लागि १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको आयरल्यान्डले निर्धारित २० ओभरमा पुरा विकेट गुमाउँदै १२७ रनमा समेटियो ।

आयरल्यान्डका जर्ज डक्रेलले सर्वाधिक २८ रन बनाए । यस्तै कर्टिस काम्फरले २०, एन्डी विलवार्नीयले १९ रनको योगदान गरे । नेपालका पूर्व उपकप्तान दीपेन्द्र सिंह ऐरी चम्किएपछि आयरल्यान्डका कुनै पनि खेलाडीले खुलेर खेल्न सकेनन् । दीपेन्द्रले ४ ओभर बलिङ गर्दै २१ रच खर्चिएर सर्वाधिक ४ विकेट लिए ।

यस्तै अविनाश बोहराले दुई विकेट लिँदा कमल सिंह ऐरी, जितचन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए । यससँगै सन्दीपले आफ्नो ५०औं विकेट पुरा गरेका छन् । उनी टी–२० क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बने ।

जारी शृंखलामा ३ खेलबाट ४ अंक सहित संयुक्त अरब इमिरेट्स शीर्षस्थानमा छ । नेपाल, आयरल्यान्ड र आयोजक ओमानको भने समान २ अंक छ । यस खेलले शृंखलाको विजेता टोली टुंगो लाग्नेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १७:४६

https://srdb.com.np/