३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

पार्टीले गरेका राम्रा कामको फेहरिस्त बोकेर जनताका बीचमा जान महासचिव पोखरेलकाे आग्रह

१९ माघ, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले गरेका राम्रा काम र गर्न चाहेका कामको फेहरिस्त बोकेर जनताका बीचमा जान पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उनले एजेण्डा बिहिन गठबन्धनले नभई देश र जनताका पक्षको एजेण्डाबाट चुनाव जित्ने उल्लेख गरेका छन् । जतनाको फैसला सत्य र न्यायको पक्षमा हुने भन्दै उनले निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका हुन् ।

उनले भनेका छन्, तीन तहको चुनावसँगै पूरानो जनादेश खण्डित हुनेछ र त्यसको ठाउँ नयाँ जनादेशले लिनेछ ।’ महासचिव पोखरेलले विकास र समृद्धिको आशालाग्दो यात्रामा अघि बढ्दा एमालेको बढ्दो शक्तिलाई रोक्न पाँच दलीय गठबन्धन बनेको समेत टिप्पणी गरे ।

प्रकाशित मिति : February 2, 2022 at 10:47 am