३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

१९ माघ, काठमाडाैँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्नेछ एमालेले जनाएकाे छ ।

बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले सचिवालयमा छलफल गर्ने एजेण्डा तय गरेको थियो ।


सचिवालय बैठकमा हुने छलफलका आधारमा पार्टीले भावी कार्यक्रम र एजेण्डा तय गर्ने उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनले कोरोनाका कारण सचिवालय बैठकमार्फत निर्णयमा पुग्ने तयारी भएको बताए । एमाले केन्द्रीय सचिवालयमा केन्द्रीय अध्यक्षसहितका पदाधिकारी रहने व्यवस्था छ । एमालेमा हाल अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरू ६, उपमहासचिव ३ र सचिव ७ गरी १९ जनाको सचिवालय रहेको छ ।

प्रकाशित मिति : February 2, 2022 at 8:41 am