३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

एमाले केन्द्रीय कार्यालयको बैठक थापाथलीमा जारी

१६ माघ, काठमाडौं । एमाले केन्द्रीय कार्यालयको बैठक पार्टी कार्यालय थापाथलीमा बसिरहेको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ । बैठकमा उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, पद्मा अर्याल र छविलाल विश्वकर्मा सहभागी छन् । बैठकमा स्थानीय तहको निर्वाचनको मितिबारे छलफल हुने एजेन्डा छ ।

प्रकाशित मिति : January 31, 2022 at 1:59 pm