१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

बैंकिङ कसुरको मुद्दामा फरार रहेका नुवाकोट शिवपुरीका ओली पक्राउ

१७ माघ, नुवाकोट । बैंकिङ कसुरको मुद्दामा फरार रहेका नुवाकोट शिवपुरीका लवराज ओली पक्राउ परेका छन । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ओलीलाई नुवाकोटको गुर्जुभञ्ज्याङ्गबाट पक्राउ गरेको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्वर ८ घर भएका ४० वर्षीय ओलीलाई बैंकिङ कसुर मुद्दामा  पक्राउ परेका हुन ।सीआईबीका अनुसार ओलीले ज्योति विकास बैंक लिमिटेड (साबिकको हाम्रो विकास बैंक लिमिटेड) मा रहेको आफ्नो नामको खाताबाट भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुनसकेको थिए ।

सोहीअनुसार उच्च अदालत पाटनबाट वि.सं. २०७७ फागुन २३ गते प्रतिवादी ओलीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा चार दिन कैद र नौ लाख ६३ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार १४:२६