एमसीसी फेल गर्न पुग्ने संख्या संसदमा छैनः माओवादी नेता दुलाल
१७ माघ, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका नेता युवराज दुलाल शरदले एमसीसी पास गर्न पुग्ने संख्या संसदमा नरहेको बताएका छन । सोमबार बिहानै सामाजिक सञ्जालमा टिप्पणी राख्दै नेता दुलालले संसदमा एमसीसी फेल गर्न चाहिने संख्या नपुग्ने बताएका हुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै एमसीसी पास गराउन ज्यान फालेर लागिरहेको बेलामा दुलाले भने यस्तो टिप्पणी गरेका हुन । माओवादीले मात्र चाहेर एमसीसी फेल नुहने भएकाले पास गराउने समर्थन गरेको भन्ने जनमत निर्माणका लागि दुलालको यस्तो टिप्पणी आएको हुन सक्ने अनुमान गर्न सकिन्छ । किनकी सत्तारूढ दलको बैठकमा सहभागी भएर प्रचण्डले एमसीसी पास गर्ने सहमति अनुमोदन गरेका छन ।
दुलालको टिप्पणी यस्तो छ
प्रधानमन्त्री देउवा जसरी पनि MCC टेवल गर्ने पक्षमा हुनुहुन्छ । संसदमा MCC फेल गर्न पुग्ने सांसदको संख्या छैन । किनकी कंग्रेश र एमाले दुवैका संस्थापन पक्ष MCC पास गर्ने पक्षमा छन् । MCC कसैलाई पास गरे पनि हुन्छ भन्ने लाग्ला, तर यो पास गरेको भोलिपल्ट देखि पास गर्नेले त पशचताप गरे पुग्ला तर नेपाल राष्ट्रले महंगो मुल्य चुकाउनु पर्नेछ । खवरदार !

प्रकाशित मिति : January 31, 2022 at 8:39 am







