प्रि ओपन सेसनमा २५ अंकले बढ्यो नेप्से
१६ माघ, काठमाडाैँ । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २५ अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३.३३ अंक बढेर २७७९.९८ विन्दुमा पुगेको नेप्से, यस दिन २५.०३ अंक बढेर २८०५.०१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.३८ अंक बढेको छ।

यसदिन प्रि ओपन सेसनमा ४६ कम्पनीको १ करोड ५६ लाख ४८ हजार ९४८ रुपैयाँ १० पैसा बराबरको २९ हजार १४१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रकाशित मिति : January 30, 2022 at 11:06 am




