२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मोदी इनर्जीको नाफा १ करोड ५७ लाख, प्रतिसेयर आम्दानी कति ?

१९ कात्तिक, काठमाडौँ । मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ करोड ५७ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनी ४ करोड ११ लाख ६७ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ३७.८८ प्रतिशतले बढेर १४ करोड ९७ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १० करोड ८६ लाख १७ हजार रुपैयाँ मात्र रहेको थियो।

आम्दानी बढेसँगै कम्पनीको सञ्चालन मुनाफा बढेर १३ करोड १२ लाख ३६ हजार रुपैयाँ पुगेको छ। याे अवधिमा कम्पनीको वित्तीय खर्च घटेर ४ कराेड ८४ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोष १ अर्ब १९ करोड ६७ लाख रुपैयाँ ऋणात्मक छ। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी गत वर्षको ५ रुपैयाँ ६८ पैसा ऋणात्मकबाट सुधार भएर २ रुपैयाँ १८ पैसा धनात्मक बनेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ५८ रुपैयाँ ७३ पैसा रहेको छ।

प्रकाशित मिति : November 5, 2026 at 10:31 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/