११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

जुनियर क्रिकेट वर्ल्ड कप २०२२ मा नेपालको उत्कृष्ट प्रदर्शन (फोटोफिचर)

१२ माघ, एडिलेड । साउथ अस्ट्रेलियन क्रिकेट एसोसिएसन(साका)ले अष्ट्रेलिया डे को सन्दर्भ पारेर आयोजनामा भएको ‘जुनियर क्रिकेट वर्ल्ड कप २०२२’ मा नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व एडिलेड नेप्लिज क्रिकेट एसोशियसन (एन्का)ले गरेको थियो |

नेपालसँगै जुनियर वर्ल्ड कपमा पाकिस्तान, इन्डियाको दुइ टिम, अफगानिस्तान,श्रीलङ्काको उपस्थिति रहेको थियो। अन्डर १० र अन्डर १२ गरि दुई समुहकमा खेलाइएको थियो । आयोजक संस्थाले खेलमा हार जित घोषणा गर्दा बालबलिकामा नकारात्मक असर गर्ने भएकाले हार जित घोषणा गर्ने नगरेको एनकाका अध्यक्ष विजय जोशीले जानकारी दिनुभयो ।

जोशीले बहुसास्कृतिक देश अष्ट्रेलियाको नेशनल डे को सन्दर्भमा अष्ट्रेलियामा हुर्कदै गरेको नया पुस्तामा यहाको बहुसांस्कृतिक पक्ष संग संगै खेलमा समेत चासो बढाउने उद्देश्यले जुनियर वर्ल्ड कप प्रतिस्पर्धी आयोजना गरिएकाले प्रतियोगिता भन्दा बालबालिकाहरू बिचको उत्सव रुपमा खेलाउने गरेको बताउनुभयो ।

उहाले टिम नेपालको सन्दर्भमा यसमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई अन्य माथिल्लो तह वा क्लवका खेलहरुका लागि पनि छनौट गर्न आधार बनाउने बताउनुभयो । यसैगरि साउथ अष्ट्रेलियाका वालवालिकाहरुका लागि आगामी जनवरी ३०बाट चार हप्ते क्रिकेट सहित समुन्द्रीरक्षा सम्वन्धी प्रशिक्षण हुने भएको छ ।

नेपालीमुलका बालबालिकाहरुका लागि मुख्य लक्षित गरि एडिलेड नेप्लिज क्रिकेट एसोसियसन(एन्का)ले साउथ अष्ट्रेलियन क्रिकेट एसोसियसन(साका) र समुन्द्री तटिय सुरक्षा सम्वन्धी संस्था सरफर लाईफ सेभिङ्ग साउथ अष्ट्रेलियाको सहयोगमा बहुसास्कृतिक क्रिकेट र तटिय सुरक्षा सम्वन्धी प्रशिक्षण हुन लागेको हो । एन्काका अध्यक्ष विजय जोशीका अनुसार प्रशिक्षण आगामी २०२२को जनवरी ३० बाट फ्रेब्रुअरीको २० सम्म आयोजना हुने भएको छ ।

प्रकाशित मिति : January 26, 2022 at 7:29 pm