१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम

१२ माघ, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि सबै ३४ सदस्यीय टोली घोषणा गरेको छ । माैरिसससँग हुने दुई खेलमा दुई टाेली गठन गरी खेलाडीलाई मैदानमा उतारिने भएकाे छ ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा दशरथ रंगशालामा हुने दुई खेलमा लागि जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, शुभाष गुरुङ र देवेन्द्र तामाङलाई पुनरागमन गराउँदा नाै नयाँ अनुहारलाई मौका दिएका छन् ।

नयाँ खेलाडीमा गोलरक्षक टिकेन्द्र थापा, सत्रुघन चाैधरी, मिडफिल्डर सुदिप गुरुङ, नवीन गुरुङ, आशिष राई, प्रशान्त अवस्ती, शुसिल राई र फरवार्ड आकाश बुढा मगर र कृतिश रत्न छुन्जु रहेका छन् ।

पहिलाे खेल खेल्ने नेपाली टोलीः

गोलरक्षकः किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, टिकेन्द्र सिंह थापा,
डिफेण्डरः गौतम श्रेष्ठ, दिनेश राजबंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी,
मिडफिल्डरः सुदिप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डांगी, अन्जन बिष्ट, आशिष लामा,
स्ट्राइकरः दर्शक गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, जगजित श्रेष्ठ

दोस्रो खेल खेल्ने नेपाली टोली

गोलरक्षकः किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, सत्रुघन चौधरी

डिफेण्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी

मिडफिल्डरः सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुभाष गुरुङ, अन्जन विष्ट, आशिष लामा

स्ट्राइकरः विमल घर्ती मगर, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशिल राई, प्रशान्त अवस्थी, सन्तोष तामाङ

प्रकाशित मिति : January 26, 2022 at 12:34 pm