९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

रोमान्चक जितसंगै रियल क्वाटर फाइनलमा


७ माघ, काठमाडाैँ । इल्चेलाई २-१ अन्तरले पराजित गर्दै रियल म्याड्रिड बिहिवार राति स्पेनिस कोपा डेल रेको क्वाटर फाइनलमा प्रबेश गरेको छ । रियलको जितमा इस्को र हाजार्डले गोल गरे । पराजित इल्चेका लागि गोन्जालो भेर्डुले गोल गरे ।

खेलमा निर्धारित समयमा कुनै गोल हुन सकेन । अतिरिक्त समयको १०३औं मिनेटमा इल्चेले अग्रता बनायो । गोन्जालो भेर्डुले अग्रता बनाए ।

खेलको १०८औं मिनेटमा इस्कोले खेल १-१ को अवस्थामा ल्याए । ११५औं मिनेटमा हाजार्डले गोल गर्दै रियललाई विजयी गराए । खेलमा दुबै टोली १० खेलाडीमा समेटिएका थिए ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार ०८:५९