१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

एडिलेडमा हुने जुनियर विश्वकप क्रिकेटमा नेपालको समेत प्रतिनिधित्व हुँदै

२४ पुस, एडिलेड । साउथ अष्ट्रेलियन क्रिकेट एसोशियसन(साका)को आयोजनामा आगामी जनवरी २६ का दिन नेपाल सहित विभिन्न देशहरुको प्रतिनिधित्व गर्दै साउथ अष्ट्रेलियाको एडिलेडमा जुनियर विश्वकप क्रिकेट हुने भएको छ ।

साकाले अष्ट्रेलिया डे का दिन पारेर साउथ अष्ट्रेलियामा रहेको बहुसास्कृतिक समाजको प्रदर्शन गर्ने उद्देश्यले १२ वर्ष मुनी र १० वर्ष मुनीका बालबलिकाहरुका लागि खेल आयोजना गर्न लागेको हो । जसका नेपाल सहित भारत,चिन, पाकिस्तान, वंगलादेश , श्रीलंका, अफगानिस्तान , अष्ट्रेलियाको आदिवासीहरुको टिम र अन्य विभिन्न देशहरुको संयुक्त टिम विचमा खेल हुन लागेको हो ।

नेपालको प्रतिनिधित्व एडिलेड नेप्लिज क्रिकेट एशोसियसन(एन्का) का तर्फबाट चार टिम सहभागी हुने एन्काका अध्यक्ष विजय जोशीले वताउनुभयो । उहाका अनुसार प्रत्येक टिममा दुइ वालिका अनिवार्य रहेको छ । साउथ अष्ट्रेलियाको अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता हुदै आएको करेन रोल्टन ओवलमा हुने खेललाई अष्ट्रेलिया डे को पर्वको रुपमा मनाउने आयोजकले जनाएको छ ।

अध्यक्ष जोशीले खेलमा नेपालको प्रतिनिधित्व गरेर सहभागी हुनका लागी यहि जनवरी ३० बाट हुने क्रिकेट संगै समुन्द्री तट सुरक्षा प्रशिक्षणका लागि दर्ता भएका वा स्थानिय क्लवमा क्रिकेट खेलिरहेका बालबालीकाहरुले आफ्नो नाम दर्ता गर्नसक्ने वताउनु भयो ।

उहाँले विश्वका दश भन्दा बढि देशका सहभागी तथा तिनका अभिभावकहरु माझमा खेल मार्फत नेपाल र नेपाली समुदायको परिचय दिने अवसर पनि भएको बताउनुभयो । यसैगरि उहाले सहभागीलाई नेपालको झण्डा सहितको टि सर्ट र खाजा समेत उपलब्ध गराईने जानकारी दिनुभयो ।

जोशीले आफ्ना बालबालिकाहरुको नाम दर्ता गर्न र सो दिन खेलाडीहरुको हौसला बढाउन तथा नेपाली समुदायको उपस्थिति जनाउन पनि एडिलेडवासी नेपाली समुदायलाई करेन रोल्टन ओवलमा उपस्थित हुन आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : January 8, 2022 at 9:39 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/