४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

कुवेतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

https://www.muktinathbank.com.np/online/loan-application

१३ पुस, काठमाडौं । एक खेल अगाडि यु-१९ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा कुवेतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

यूएईस्थित आईसीसी एकेडेमीको मैदानमा सुरु भएको खेलमा नेपाल पहिलो जितको खोजीमा छ । देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना जित निकाल्ने दाउमा छ।

कुवेतसमेत प्रतियोगितामा जितविहीन छ। कुवेत पनि सान्त्वना जित निकाल्ने दाउमा छ।

यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो।

यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ।

प्रकाशित मिति : December 28, 2021 at 12:41 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/