नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन सकिँदैनः अध्यक्ष ओली
६ पुस, कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा आज आयोजित बिशाल जनसभामा जसपा केन्द्रीय सदस्य मंगल प्रसाद गुप्तालाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले भने, ‘यता नेपालतर्फको जमिन बाँझो छ । उता भारततर्फ नेपालको पानीले सिँचाइ भई खेती भइरहेको छ।’ उनले कपिलवस्तुमा सिँचाइको लागि नौमुरे जलाशय परियोजना आवश्यक रहेको बताए ।

उनले देउवाले कम्युनिष्ट सरकार ढालेर निकम्मा सरकार गठन गरेको समेत बताए । आफू प्रधानमन्त्री भएको बेलामा भूकम्पले ढलेका संरचना निर्माण, खरको छानामुक्त अभियान, जनता आवास कार्यक्रम, हुलाकी राजमार्ग निर्माणजस्ता लोकप्रिय काम गरेको बताए ।
अध्यक्ष ओलीले एमाले विकासको नीति लिएरअघि बढेकोले पार्टीप्रति जनताको विश्वास बढेको दाबी गर्दै देशभर एमाले प्रवेशको लहर चलेको बताए । प्रचण्ड र माधव नेपालप्रति इंगित गर्दै उनले राधेराधेको नाम लिएर झुक्याउन आउने बताए ।
प्रकाशित मिति : December 21, 2021 at 6:50 pm









