४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

भारतविरुद्ध दक्षिण अफ्रिका डीन एल्गरको कप्तानीमा उत्रने

२१ मंसिर, काठमाडौं । भारतविरुद्ध हुने तीन आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप शृङ्खलाको लागि दक्षिण अफ्रिकाले २१ सदस्यीय टोली घोषणा गरेको छ ।

भारतविरुद्ध डीन एल्गरको कप्तानीमा दक्षिण अफ्रिका मैदान उत्रँदा टोलीमा डुआन ओलिभियरले पुनरागमन गर्नेछन् । उनले सन् २०१९ मा अन्तिम पटक श्रीलंकाविरुद्ध टेस्ट खेलेका थिए ।

कप्तान डीन एल्गरले आफ्नो कप्तानीमा पहिलो पटक घरेलु मैदानमा खेल्दैछन् । यसअघि गत जुनमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध २–० ले टेस्ट आफ्नो पक्षमा पारेको थियो ।

सिसन्दा मगला र रायन रिकेल्टनले पहिलो पटक टेस्ट टिममा स्थान बनाएका छन् । यस्तै ग्लेन्टन स्टुरम्यान र प्रिनेलन सुब्रयेन समेत टोलीमा छन् ।

दक्षिण अफ्रिका र भारतबीच तिन टेस्ट र तिन एकदिवसीय शृङ्खला चल्नेछ । टेस्ट २६ डिसेम्बरमा सुरु हुनेछ । यस्तै तिन एकदिवसीय खेल भने १९ देखि २३ जनवरीसम्म हुनेछ ।

दक्षिण अफ्रिकन टिम

डीन एल्गर (कप्तान), टेम्बा बावुमा (उपकप्तान), क्विन्टन डि कक (विकेट किपर), कागिसो रबाडा, सारेल एरवी, बेउरान हेन्ड्रिक्स, जर्ज लिन्डे, केशव महाराज, लुंगी एनगिडी, एडेन मार्कराम, वायन मुल्डर, एनरिक नोटर्ज, कीगान पिटरसन, रसीई भान डेर डुसेन, काईल भेरेनी, मार्को जेन्सेन, ग्लेनटन स्टुरम्यान, प्रेनेलन सुब्रायन, सिसान्डा मगला, रायन रिकेल्टन, डुआन ओलीभर

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार १८:१२