२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

पूर्वमन्त्री श्रेष्ठको टिप्पणीः बाबुराम भट्टराई, ‘मुखमा चाँदीको चम्चा बोलीमा सर्बाहारा’

२२ कात्तिक, काठमाडौँ । पूर्वमन्त्री मथुरा श्रेष्ठले पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईका बारेमा कडा टिप्पणी गरेका छन । डा भट्टराईका बारेमा आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीपछि पैदा भएको तरंगमा प्रतिक्रिया दिनेक्रमा पूर्वमन्त्री श्रेष्ठले भट्टराईप्रति कडा टिप्पणी गरेका हुन ।

नेकपा एमालेका नेता एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले सामाजिक सञ्जालमा गरेको टिप्पणी नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष चन्द्र थापाले आफ्नो वालमा सेयर गरेका थिए । त्यही पोस्टमा गएर पूर्वमन्त्री श्रेष्ठले बाबुरामलाई ‘मुखमा चाँदीको चम्चा बोलीमा सर्बाहारा’ भनेका छन ।

त्यसअघि एमालेका नेता थापाले सामाजिक सञ्जालमा यस्तो टिप्पणी सेयर गरेका थिए ।

तथ्य स्वयं बाेल्छ-
जनताका छाेराछाेरीकाे काँधमा जनयुद्धको भारी र बन्दुक; आफ्नी प्यारी छाेरीचाहिँ बेलायत, देहरादुन, दार्जिलिङ र नयाँदिल्लीका महंगा स्कुलमा ? केपी शर्मा ओलीले सतथ्य नै बाेल्नुभएकाे छ।

‘मानुषी यमी भट्टराई श्रेष्ठले प्रारम्भिक शिक्षाको शुरुवात काठमाडौंकै स्वर्णीम स्कूलबाट थालनी गरेकी हुन्। नर्सरीदेखि केजीसम्म त्यहाँ पढेपछि १ र २ कोटेश्वरस्थित नवज्योति स्कूलमा पढिन्।

आमा हिसिला यमी उच्च शिक्षा आर्जन गर्नका लागि बेलायत गएपछि उनको पढाई बेलायतबाट अघि बढ्यो। बेलायतमा २ वर्ष बस्दा उनले कक्षा ३ र ४ को पढाई पूरा गरिन्। उनले बेलायतमा न्यूक्यासलस्थित क्राइस्ट चर्च स्कूलमा पढेकी हुन्। उनले कक्षा ५ काठमाडौंमै पढिन्।

मानुषीले कक्षा ६ र ७ भारतको नैनीतालको सेन्ट जोन्स् स्कूलबाट पूरा गरिन्। कक्षा ८ देखि १० सम्म दार्जीलिङ पेदोङस्थित सेन्ट जर्जेज् स्कूलबाट पूरा गरेकी मानुषीले कक्षा ११ र १२ को पढाइचाहिँ नयाँ दिल्लीस्थित नवयुग स्कूलबाट पूरा गरेकी मानुषीले स्नातक भारत र स्नातकोत्तर नेपालबाट गरेकी हुन् र जे एन युनिभर्सिटीबाट अहिले विद्यावारिधि गरिरहेकी छिन्।’
copied (साेसल मिडियामै भेटिएको)

पुनश्च: प्रश्न मानुषिप्रति हुँदै हाेइन, डा.बाबुराम भट्टराईप्रति हाे। युद्धकालमा शिक्षक, विध्यार्थी र विध्यालयहरूलक्षित गरिएका ज्यादति त नेपाली समाजले बिर्सन सक्दैन। अझ यिनैले अरूलाई उपदेश दिएकाे र पानी माथिकाे ओभानो बनेकाे पाे मिलेन !

प्रकाशित मिति : November 8, 2021 at 8:14 pm