कांग्रेस आधिकारिकताको लडाइँमा एक सुका पनि लेनदेन छैनः गगन थापा
१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कमजोर धरातलमा नउभिएको बताएका छन्। पार्टीको आधिकारिकताको विषयमा बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियोको विषयमा प्रष्टीकरण दिँदै थापाले आफ्ना हातहरू सफा रहेको बताएका हुन्।
बिहीबार एक भिडिओ सन्देश जारी गर्दै सभापति थापाले भने, ‘करोडको कुरा गर्छन्, नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा, राजनीतिक, कानुनी लडाइँमा रूपैयाँ होइन, एक सुकाको पनि आर्थिक लेनदेन वा अनुचित काम गरेको छैन।’

‘ढुक्क हुनुहोस् म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हातहरू सफा छन्,’ उनले भनेका छन् । उनले गलत प्रश्न आफूलाई नगर्न पनि आग्रह गरेका छन्। ‘गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ’ उनले भनेका छन्।
प्रकाशित मिति : November 5, 2026 at 5:22 pm










