१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बलात्कारको आरोपमा कार्गो व्यवसायी मनोज अधिकारी पक्राउ

२२ कात्तिक, काठमाडाैँ । कार्गो व्यवसायी मनोज अधिकारी बालिका बलात्कारको आरोपमा ठमेलबाट पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर काठमाडाैँका प्रवक्ता एसपी रमेश बस्नेतले अधिकारी पक्राउको पुष्टि गरेका छन । एसपी बस्नेतले कात्तिक १६ गते नै अधिकारी पक्राउ गरेको जानकारी दिए ।

अधिकारीलाई १६ वर्षीया किशोरी (बालिका)लाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । अधिकारी कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फर्वार्डस् संघ (नेफा) का अध्यक्ष समेत हुन ।

अधिकारीलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीको टोलीले ठमेलबाट पक्राउ गरेको हो । एसपी बस्नेतले अधिकारीकोबारेमा अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको जानकारी दिए । उनले रातोपुतमा रहेको एक क्याबिन रेष्टुरेन्टमा उक्त किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ ।

पीडित किशोरीले महानगरीय प्रहरी बृत कमलपोखरीमा किटानी जाहेरी दिएकी थिइन । त्यसपछि प्रहरीले अधिकारीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । अधिकारीले कात्तिक ८ गते किशोरीलाई करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १६:०७