नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनाैटको मापदण्ड परिवर्तन (परिपत्रसहित)
२१ कात्तिक, काठमाडौँ । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटसम्बन्धी मापदण्डमा केही परिमार्जन भएको छ । एमालेले १० औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनौट सम्बन्धी व्यवस्थाका बारेमा यसअघि अपानी १३ मा उल्लेख गरेका विषयमा केही अस्पष्ट रहेको भन्दै त्यसलाइ स्पष्ट पार्ने गरी परिपत्र गरेको छ ।
आइतबार राति जारी परिपत्रमा यसअघि १५ सय सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्ने भन्ने रहेकोमा त्यो घटाएर १२ सय बनाइएको छ । अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको यस्तो छ एमालेको परिपत्र ।

प्रकाशित मिति : November 7, 2021 at 9:08 pm










