१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कोइला खानी विस्फोटमा परी ६ जनाको मृत्यु, २ घाइते

२१ कात्तिक, अल्माटी । काजकिस्तानको औद्योगिक क्षेत्र कारागान्डामा रहेको एक कोइलाखानीमा विस्फोट हुँदा छ जना कामदारको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको कम्पनी र आपतकालीन मन्त्रालयले जानकारी दिएको छ ।
मध्य एसियाली यस देशमा रहेको सो खानीमा आइतबार बिहान अचानक विस्फोट भएका थियो ।

फाइल फाेटे

दुर्घटना भएको अवस्थामा ६४ जना कामदार खानीभित्र रहेका र ५६ जना भने बाहिर निस्कन सफल भएका थिए । आपतकालिन मन्त्री युरी इलिनको नेतृत्वमा सरकारी आयोग घटनास्थलमा पठाइएको जनाइएको छ । पूर्व सोभियत देशहरुमा कमजा]र सुरक्षा व्यवस्था र पुरानो पूर्वाधारका कारण खानी दुर्घटनाहरू सामान्य जस्तो भएको पाइन्छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आईतवार १६:३०