२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एमाले महाधिवेशनले उच्च समझदारीमा नयाँ नेतृत्व चयन गर्नेछः नेता रिमाल

१८ कात्तिक, काठमाडाैँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य विष्णु रिमालले पार्टीको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनले विधान महाधिवेशनमा झैँ उच्च तहको समझादारीसहित नेतृत्व चयन गर्ने बताएका छन ।

सो पार्टीको नुवाकोट काठमाडौँ सम्पर्क मञ्चले दिपावलीका अवसरमा बिहीबार आयोजना गरेको देउसी भैलो कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार रिमालले महाधिवेशनले विश्वलाई नेपालको सन्दर्भको मार्क्सवाद मानिने जनताको बहुदलीय जनवादलाई मौलिकताका साथ कार्यान्वयनको स्पष्ट सन्देश दिने बताए ।

“प्रतिनिधिसभाको विघठनलाई मान्यता नदिएर नयाँ सरकार गठनका लागि परमादेश जारी गराउने र त्यसको उपभोग गर्ने पक्षहरुको आक्रमणमा अहिले एमाले परेका छ ।” नेता रिमालले भने, “पार्टीमाथि भएको चौतर्फी हमलाको प्रतिरक्षा गर्दै पार्टीलाई सलव र एकताबद्ध बनाउन म आग्रह गर्दछु ।”

उनले गत असोजमा भएको पार्टीको विधान महाधिवेशनले दक्षिणपन्थी उग्रवादबाट बच्दै अग्रगामी रुपान्तरणका लागि सर्वसम्मतरुपमा दस्तावेजहरु पारित गर्नु ऐतिहासिक उपलब्धि भएको बताउँदै नेपाल एकीकरणमा जोडिएको नुवाकोट जिल्लाका नेता कार्यकर्ताले पार्टी एकतलाई ध्यानमा राखेर काम गरिरहेकामा प्रशंसा गरे । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भएको छ ।

 

प्रकाशित मिति : November 4, 2021 at 6:34 pm