२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

घुँडामुनी हानेको त टाउको मै लागेछकी के हो ? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त !

१८ कात्तिक, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ट्वीटर मार्फत कडा प्रतिक्रिया दिएका छन । महाधिवेशन लक्षित प्रचार विभागको पहिलो पत्रकार सम्मेलनमा माधव नेपालको नेकपा एकीकृत समाजवादी अबैध गर्भाधानबाट जन्मिएकोले एमालेको निमन्त्रणा पाउन अयोग्य रहेको बताएका भट्टराईको भनाइमा व्यापक प्रतिक्रियाहरू आएपछि उनले ट्वीटर मार्फत थप कडा प्रतिक्रिया दिएका हुन । उनले भनेका छन, ‘घुँडामुनी हानेको त टाउको मै लागेछकी के हो रु मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त !’

भट्टराईले यस्तो भनेका थिए

 नेकपा एमालेले माधवकुमार नेपालको अध्यादेशवाला पार्टी नेकपा एकीकृत समाजावादी १० औँ महाधिवेशनका लागि निम्तो पाउनै अयोग्य रहेको बताएको छ।

पार्टी केन्द्रीय प्रचार विभागले बुधबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा एमाले सचिव समेत रहेका विभागका प्रमुख योगेश भट्टराईले अवैध गर्भधारणबाट जन्मिएको समूहरूले एमालेको महाधिवेशनमा निम्तो नपाउने बताए । उनले एकीकृत समाजवादी पार्टीको नामै लिएर उ एमालेको महाधिवेशनमा निम्ता दिन अयोग्य रहेको बताए ।

माओवादी र कांग्रेससँगको मिलेमतोमा अध्यादेश ल्याएर नेपालले बनाएको पार्टीलाई निमन्त्रणा दिनुहुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा सचिव भट्टराईले यस्तो बताएका हुन । उनले भने, ‘प्रमुख राजनीतिक दलहरुलाई हामी आमन्त्रण गर्छौं। त्यसको पहिचान र ठेगाना स्पष्ट छ। कतिपय स्पष्ट छैन। कतिपय राजनीतिक पार्टीसँगको कतिपय अवैध गर्भधारणबाट बनेका पार्टी छन्। त्यस्ता पार्टीलाई बोलाउन आवश्यक छैन। पहिचान भएका पार्टीलाई आमन्त्रण गरिन्छ ।’

त्यसअघि प्रेस विज्ञप्ति वाचानको क्रममा केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले एमालेको १० औँ महाधिवेशनमा विभिन्न देशका भाइचारा सम्बन्ध भएका, मित्रवत सम्बन्ध भएका, दक्षिण एसियाका सत्तारुढ र प्रतिपक्षी पार्टी लगायतलाई महाधिवेशनमा सहभागिताका लागि निम्तो दिइएको बताएका थिए ।

मंसिर १० देखि १२ सम्म चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनको उद्घाटन नारायणी नदीको किनारमा र बन्दसत्र सौरहावमा हुनेछ । महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरूले बताउँदै आएका छन ।

प्रकाशित मिति : November 4, 2021 at 11:25 am